नियम ४६
कायम मुकायम, कार्यवाहक र निमित्त सम्बन्धी व्यवस्था
: (१) प्रहरी सेवाका कुनै पदमा साधारणतया कायम मुकायम मुकरर गरिने छैन ।
तर कार्यालय प्रमुखको पद रिक्त रहेको अवस्था परी कार्यालयको दैनिक कार्य सञ्चालन गर्न बाधा पर्न गएमा कायम मुकायम मुकरर गर्न सकिनेछ ।
(२) यस नियम बमोजिम कायम मुकायम मुकरर गर्दा प्राविधिक प्रहरी समूह तर्फ सम्बन्धित उपसमूहको एक तह मुनिको सबैभन्दा वरिष्ठतम प्रहरी कर्मचारीलाई र जनपद प्रहरी समूह तर्फ एक तह मुनिको सबै भन्दा वरिष्ठतम प्रहरी कर्मचारीलाई मात्र कायम मुकायम मुकरर गरिनेछ।
(३) कायम मुकायम मुकरर भएको प्रहरी कर्मचारीले कायम मुकायम मुकरर भएको पदको दज्र्यानी चिन्ह र सम्पूर्ण अधिकार प्रयोग गर्न पाउनेछ ।
(४) देहायको पदमा देहायको अधिकारीले कायम मुकायम मुकरर गर्नु पर्नेछ :
(क) प्रहरी महानिरीक्षक र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा नेपाल सरकार ।
(ख) प्रहरी नायव महानिरीक्षक र प्रहरी वरिष्ठ उपरीक्षक पदमा सम्बन्धित बढुवा समितिको सिफारिसमा गृह मन्त्री ।
(ग) प्रहरी उपरीक्षक पदमा मन्त्रालयको स्वीकृति लिई प्रहरी महानिरीक्षक ।
(ङ) प्रहरी नायव उपरीक्षक र प्रहरी निरीक्षक पदमा प्रहरी महानिरीक्षकको स्वीकृति लिई प्रहरी नायव महानिरीक्षक ।
(५) कुनै कारणले कार्यालय प्रमुखको पद एक महिना भन्दा बढी अवधिको लागि रिक्त भएमा र सो पदमा कायम मुकायम मुकरर नगरिएको अवस्थामा एक तह माथिको कार्यालय प्रमुखले सो पदको कार्यवाहक भई कामकाज गर्न सो रिक्त पद भन्दा एक तह मुनिको सबैभन्दा वरिष्ठ प्रहरी कर्मचारीलाई तोक्न सक्नेछ । त्यसरी कार्यवाहक भई तोक्दा त्यसको सूचना प्रहरी प्रधान कार्यालयमा दिनु पर्नेछ ।
(६) उपदफा (५) बमोजिम कार्यवाहक भई काम गर्न तोकिएको प्रहरी कर्मचारीले त्यस्तो कार्यवाहक भएको पदको सम्पूर्ण अधिकार प्रयोग गर्न पाउनेछ ।
(७) यस नियम बमोजिम कायम मुकायम मुकरर नगरिएको वा कार्यवाहक नतोकिएको अवस्थामा एक महिनामा ननाघ्ने गरी कुनै कारणले कार्यालय प्रमुख अनुपस्थित भएमा सोही कार्यालयको सबैभन्दा वरिष्ठ प्रहरी कर्मचारीले सो पदको निमित्त भई काम गर्नेछ । यसरी निमित्त भई काम गरेको अवधिको सम्पूर्ण जिम्मेवारी निमित्त भई काम गर्ने प्रहरी कर्मचारीको हुनेछ ।
(७क) उपनियम (७) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रहरी महानिरीक्षकको पद कुनै कारणले रिक्त हुने भएमा वा प्रहरी महानिरीक्षकले कुनै कारणवश सो हैसियतमा काम गर्न नसक्ने भएमा नेपाल सरकारले प्रहरी सेवाको वरिष्ठ्तम प्रहरी अतिरिक्त महानिरीक्षकलाई निमित्त प्रहरी महानिरीक्षक भई काम गर्ने गरी तोक्न सक्नेछ । यसरी निमित्त भई काम गरेको अवधिको सम्पूर्ण जिम्मेवारी निमित्त भई काम गर्ने प्रहरी अतिरिक्त महानिरीक्षकको हनेछ ।
(८) कायम मुकायम, कार्यवाहक वा निमित्त भई काम गर्ने प्रहरी कर्मचारीले जुन पदमा काम गरेको छ सोही पदको तलब भत्ता र रासन सुविधा पाउनेछ । तर पन्ध्र दिन भन्दा कम अवधि कार्यवाहक वा निमित्त भई काम गरे बापत त्यस्तो तलब भत्ता र रासन सुविधा पाउने छैन ।
(९) उपनियम (८) बमोजिम काम गर्ने प्रहरी कर्मचारीले पाउने तलब भत्ताको अङ्क निजले सो पदमा बढुवा ह हुदा पाउने तलब भत्ता भन्दा बढी हुने छैन ।
(१०) कुनै एक पदमा एकै अवधिमा एक भन्दा बढी प्रहरी कर्मचारी कायम मुकायम वा कार्यवाहक मुकरर हुन सक्ने छैन ।